रित्तो गाग्री बाहिरै छोडेर प्रधानमन्त्री कार्यालय पुगेका हर्क साम्पाङ 'रित्तै' फिर्ता

रित्तो गाग्री बाहिरै छोडेर प्रधानमन्त्री कार्यालय पुगेका हर्क साम्पाङ 'रित्तै' फिर्ता
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज सम्पाङ राईलाई भेट्न अस्वीकार गरेका छन् । 

आज दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका हर्कलाई ओलीको सचिवालय भेट्न समय नदिएको बताइएको छ । रित्तो गाग्री लिएर आन्दोलनका लागि काठमाडौँ आएका उनले बिहान खानेपानीमन्त्री प्रदीप यादवसँग भेटघाट गरेका थिए । 

बताइएअनुसार प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री दिनभर पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले पाँच बजेपछिको समय दिएको थियो । तर, त्यसमा असहमत हुँदै मेयर हर्क त्यसै फर्किएका हुन् । 

थोत्रो रित्तो गाग्रीसहित सिंहदरबार छिरेर अराजक व्यवहार देखाएको प्रधानमन्त्री ओलीको बुझाई रहेको र सोही कारण भेट्न समय नदिएको हुनसक्ने सचिवालयका एक कर्मचारीले जानकारी दिए । 

साताअघि खानेपानी आन्दोलनको घोषणा गरेका र संघीय सरकारको ध्यानाकर्षण गराउने भन्दै हिजो काठमाडौँ आएका हर्क आज धरान फर्किसकेका छन् ।

टिप्पणीहरू