बहादुर भवनले दियो राजेन्द्र महत्तोलाई 'ग्यास सिलिण्डर'
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ ।
‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामबाट दल दर्ताको लागि निवेदन दिएका महतोले आज ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’को दर्ता प्रमाणपत्र पाएका हुन् । आयोगले दलको नाममा ‘क्रान्ति’ शब्द राख्न नदिएपछि सो नाम कायम भएको हो ।
त्यस्तै, अध्यक्ष महतोले माछा चुनाव चिन्ह मागेका थिए, तर आयोगले भने ग्यास सिलिण्डर दिएको छ । गत वर्ष फागुनमा महन्थ ठाकुर नेतृत्वको लोसपा परित्याग गरी उनले राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा गरेका थिए ।
करिब ६ महिना मधेशका विभिन्न जिल्लामा अभियान चलाएका उनले आफ्नो अध्यक्षतामा कार्यकारिणी समिति बनाएका थिए । अब दल दर्ता भएसँगै ०८४ को निर्वाचनमा भाग लिने बाटो खुलेको छ ।
टिप्पणीहरू