चार करोडको घरबार शिल्पाको प्रतिक्रिया- ४० लाख खर्च गरेर बस्नयोग्य बनाएँ

चार करोडको घरबार शिल्पाको प्रतिक्रिया- ४० लाख खर्च गरेर बस्नयोग्य बनाएँ
सुन्नुहोस्

छविराज ओझासँगको बैबाहिक सम्बन्धलाई औपचारिकरुपमा अन्त्य गरेकी अभिनेत्री शिल्पा पोखरेलले चार करोडको घर लिएको भन्ने समाचारप्रति आपत्ति जनाएकी छन् । 

केहि दिनदेखि शिल्पाले श्रीमानबाट चार करोडको घर लिएर पाँच वर्षदेखि चलिरहेको मानचामलको मुद्धा टुंगाएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइरहेका छन् । सोही प्रसंगमा उनले घर लिएको स्वीकार गर्दै त्यसको मूल्य भने चार करोड नभएको बताएकी हुन् । 

खण्डहरजस्तो घरलाई आफूले ४० लाख खर्चेर मर्मत-सम्भार गरेको शिल्पाको भनाई छ । ‘माना–चामल, चार करोडको घर भन्ने सबै कुरा बकबास कुरा हुन्’, उनले भनेकी छन्, ‘एउटा खण्डरजस्तो घर थियो, जसलाई मैले लिएर ४० लाख रुपैयाँ खर्च गरेर आज बस्न योग्य बनाएकी हुँ ।’ भन्नेबारे केही थाहा नभएको शिल्पाको प्रतिक्रिया छ । आफूचाहिँ त्यहीँ घरमा बसिरहेको जानकारी दिँदै भनेकी छन्, ‘हुन त म पहिला यहिँ घरमा भित्रिएकी हुँ, तर पछि मैले छाडेपछि यो घर बस्न योग्य थिएन, एउटा खण्डरझैँ भएको थियो । छविजी पनि यो घरमा बस्न छाड्नु भएको थियो रे ! यो वाल सिस्टमको घर हो, अहिले आफैँ बनाएर यहीं बसिरहेकी छु ।’

शिल्पाले छविको सम्पति नमागेको पनि जिकिर गरेकी छन् । ६ वर्ष सँगै बस्दाको अवधिमा आफूले कमाएको हिस्सामात्रै खोजेको उनको दावी छ ।

‘छविजीसँग काम गर्दा मैले र उहाँले कमाएको एकै ठाउँमा राखेको सम्पतिमा मैले मेरोमात्र सम्पत्ति चाहियो भनेको हुँ’, उनकाे दावी छ, ‘वश्, मैले कमाएको सम्पति बराबरको मलाई घर अथवा जग्गाबाट दिनु, जसरी सजिलो हुन्छ त्यो तरिकाले मिलाउ, मलाई अब लड्न छैन, म थाकिसकेँ भनेर अरु केहि नलिएर गौरीघाटको घर लिएकी हुँ ।’

२०७३ असारमा विवाह बन्धनमा बाँधिएका छवि र शिल्पाले आठ वर्ष लामो वैवाहिक सम्बन्ध केही दिनअघि अन्त्य गरेका थिए ।

टिप्पणीहरू