शेखरले कुनै हालतमा मन्त्रीको नाम नटिपाउने

शेखरले कुनै हालतमा मन्त्रीको नाम नटिपाउने
सुन्नुहोस्

कोशी प्रदेशमा एमाले–काँग्रेसको गठबन्धन सरकार गठन भएको १० महिना लागिसकेको छ । तर प्रदेशको स्वास्थ्य मन्त्रालय अझै मन्त्रीविहीन देखिन्छ । सत्ता गठबन्धनमा साझेदार नेपाली काँग्रेसले नाम नदिँदा भागमा परेको मन्त्रालय १० महिनासम्म मन्त्री विहीन बनेको हो ।

भौतिक पूर्वाधारमन्त्री रहेका काँग्रेस संस्थापन पक्षका भुपेन्द्र राईलाई उक्त मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । 

कोशीमा मन्त्रिपरिषदको कार्यालयसहित नौ मन्त्रालय छन् । तीमध्ये काँग्रेसको भागमा कृषि, भौतिक, वन, वातावरण तथा पर्यटन र स्वास्थ्य गरेर चार मन्त्रालय छन् । संस्थापन पक्षले तीन मन्त्रालयमा मन्त्री नियुक्त गरे पनि स्वास्थ्यमा अझै रिक्त छ । मन्त्री नियुक्त्त गराएपनि स्वास्थ्य मन्त्रालयमा भने अझै मन्त्री पठाउन सकेको छैन । काँग्रेस प्रदेश संसदीय दलले शेखर समूहले नाम नदिँदा मन्त्री पठाउन नसकेको बताउँदै आएको छ । कोशीमा शेखर समूहले दुई मन्त्री दाबी गरेको थियो । तर एक मात्र दिएपछि रुष्ट समूहले मन्त्री नपठाउने निर्णय गरेको हो ।  

हिजो विराटनगरस्थित आफनै निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता शेखरले बताए, ‘यस विषयमा मैले किन बोल्नु ? पार्टी सभापति शेरबहादुरजी हो । कोशी प्रदेश सभापति र दलको नेता उद्धवजी हो । उहाँहरुले नाम पठाए मन्त्री नियुक्त हुन्छ । यहाँ टिमको कुरा छैन, म नाम दिन्नँ ।’
 

टिप्पणीहरू