डार्विनको कोठामा लागुऔषध
ड्रग एडिक्सन एउटा रोग हो, कुनै अपराध होइन भन्ने गरिन्छ । ड्रग्सका कारोबारीहरुलाई समातेर मुद्दा चलाइए पनि लागुऔषध सेवनकर्तालाई सजाय होइन, उपचारको खाँचो हुन्छ । भरतपुरमा अस्ति दिउँसो एकजना युवकलाई केही लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको टोलीले भरतपुर–१५ घर भई भरतपुर–१९ मा डेरा गरी बस्ने ३० वर्षीय डार्विन पुनको डेराकोठामा चेकजाँच गर्दा ब्राउन सुगर ०.५१ मिलिग्राम, हरियो रंगको ४२ वटा क्याप्सुल र सेतो रंगको ४४ वटा ट्याब्लेट लागुऔषध फेला परेको हो ।
लागुऔषधसहित नियन्त्रणमा लिइएका डार्विनलाई प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
टिप्पणीहरू