संसदीय दलको बैठकअघि काँग्रेसको छलफल

संसदीय दलको बैठकअघि काँग्रेसको छलफल
सुन्नुहोस्

नेपाली काँग्रेसको संसदीय दलको बैठक भोलि बस्दै छ । त्यसअघि आज  पदाधिकारी र शीर्ष नेताहरुको बैठक बसेको छ । सभापति शेरबहादुर देउवाको उपस्थितिमा बसेको बैठकमा पदाधिकारी तथा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरु रहेको बताइन्छ । 

भोलिको बैठकमा संसदको हिउँदे अधिवेशनबारे छलफल गर्ने एजेण्डा छ ।  आजको बैठकमा उपसभापति धनराज गुरूङ, प्रमुख सचेतक श्याम घिमिरे, प्रवक्ता डा. प्रकाशसरण महत, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्रीमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, खेलकुदमन्त्री तेजुलाल चौधरी, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, वन तथा वातावरण राज्यमन्त्री रूपा विक उपस्थित छन् । 

त्यसैगरी नेताहरु सशांक कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठलगायत पनि छलफलमा सहभागी छन् ।

टिप्पणीहरू