संसद अधिवेशनअघि काँग्रेसका सांसदहरु छलफलमा जुट्दै
नेपाली काँग्रेसले संसदीय दलको बैठक डाकेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो २ बजे बैठक राखिएको छ ।
बैठकमा आगामी संसद अधिवेशन, सरकारले हालै ल्याएका अध्यादेश, नयाँ विधेयकलगायत विषयमा छलफल हुने बताइएको छ । आगामी माघ १८ गतेबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।
हिजो काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र काँग्रेसका मन्त्रीहरुसहितको बैठक बसेको थियो । बैठकले आज बस्न लागेको संसदीय दलको बैठकमा प्रस्तुत गरिने एजेण्डामाथि छलफल गरेको थियो ।
टिप्पणीहरू