बोली फेर्दै अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा पुनः सहभागी हुनेबारे पुनर्विचार गर्न सकिने बताएका छन् । एक साताअघि पद बहाली गरेका उनले लगत्तै अमेरिका डब्लुएचओबाट हट्ने निर्णय गरेका थिए ।
तर हिजो लस भेगासमा आयोजित कार्यक्रममा उनले डब्लुएचओसँग फेरि आबद्ध हुने सम्बन्धमा विचार गर्न सकिने धारणा राखेका छन् । गत साता जारी कार्यकारी आदेशबमोजिम अमेरिकाले २२ जनवरी २०२६ मा डब्लुएचओ छाड्नुपर्ने हुन्छ ।
अमेरिकाले विश्वका झण्डै दुई सय मुलुकलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोगमा तत्काल रोक लगाएको छ । उक्त निर्णयबाट सबैभन्दा धेरै युक्रेन र इजरायल मारमा पर्ने देखिन्छ । युक्रेनलाई पछिल्ला दिनमा अमेरिकाले १७ अर्ब र इजरायललाई तीन अर्बबढी डलरको सहयोग गर्दै आएको थियो ।
टिप्पणीहरू