चौतारीमा जब बस्नेत र सुवेदी भेटिए

चौतारीमा जब बस्नेत र सुवेदी भेटिए
सुन्नुहोस्

एमालेको भातृ संगठन प्रेस चौतारीले पुराना नेता तथा सदस्यहरूको उचित व्यवस्थापन गर्न नसकेको, कतिपयलाई कर्नरमा पारेको बेला ऊबाट अलग्गिएर बनेको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन पूरै रित्याएझैं गरी अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी छन् । 

फागुनका निम्ति विराटनगरमा निर्धारित चौतारीको महाधिवेशनमा अध्यक्षतर्फ अहिलेका उपाध्यक्ष राजेश राई र गणेश पाण्डे, महासचिव हिरामान लामाले दावी गरेका छन् । सचिवालयको अन्तिम बैठकमा लोकसरी कुँवरले पनि उठ्छु भनेकी छन् । नेतृत्वको लागि देखिएको यस्तो रस्साकस्सीमा समाजवादी प्रेस संगठनबाट भर्खरै फर्केका सुवेदीको व्यवस्थापन कसरी हुने हो, अहिले नै टुंगो छैन । 

सिन्धुपाल्चोकका हरिवल्लभ नेपाललाई महासचिवका रूपमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बचन दिएका छन् । सचिव विष्णु तारुकेका अनुसार समाजवादी प्रेस संगठन समाप्त भयो भन्ने भान पार्नको लागि मात्रै सुवेदीहरुलाई भित्र्याइएको हो । कुनै ठाउँ दिने योजना छैन । उनी गणेश पाण्डे प्यानलबाट महासचिवका रूपमा अघि सारिएका छन् । पार्टी  नेतृत्वले हस्तक्षेप नगर्ने हो भने चौतारीमा चुनाव हुने पक्का छ । 

सुवेदीले प्रेस चौतारीमा जाने तयारीसहित एक महिना अगाडि अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षहरू गणेश पाण्डे र राजेश राई, महासचिव हिरामान लामा र हरिवल्लभ नेपाल रहेको वार्ता टोलीसहित सञ्चार उद्यमी रामेश्वर थापासँग कुरा चलाएका थिए । आफूआफू गाँड कोराकोर गर्नुभन्दा जहाँ जो गए पनि, जहाँ जो बसे पनि संगठनको हितमा लाग्नु नै श्रेयस्कर हुन्छ भन्ने मेरो विश्वास छ ।

– रत्नकुमार आचार्य
 

टिप्पणीहरू