बलात्कारमा उन्मुक्ति दिएको रविमाथि बात

बलात्कारमा उन्मुक्ति दिएको रविमाथि बात

सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेका एमाले नेतालाई उन्मुक्ति दिएको तथ्य खुलेको छ । 

एमालेसहितको गठबन्धन सरकारमा गृहमन्त्री भएका लामिछानेले पूर्वमन्त्री महेश बस्नेतलाई उक्त आरोपमा जोगाइदिएको रास्वपा नेतृ ज्वाला संग्रौलाले खुलासा गरेकी हुन् । बस्नेतलाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिदै छ रे त साथीहरु । अहिले कुर्सी त्यसको बाउको,त्यसपछि हाम्रो दाइको ! याद गर काजी...!’

बस्नेतलाई खुइल्याउन लेखेको स्टाटसले आफ्नै सभापतिमाथि प्रश्न उठेपछि संग्रौलाले अहिले सच्याएकी छन् । रविको नाम निकालेर उनले लेखेकी छन्, 'एउटा बलात्कारी आज निकै उफ्रिदै छ रे त साथीहरु । अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको ! याद गर काजी...!’ 

एमाले नेता बस्नेतसँग शोभा पाठक (जानुका) को नाम जोडिँदै आएको छ । लामो समय लिभिङ टुगेदरमा बसेका यी दुईबीचको गुप्त सम्बन्ध बाहिर आएपछि आरोप–प्रत्यारोप चलिरहेको छ ।  

शोभाले केही समयअघि बस्नेतविरुद्ध भ्रुण हत्या,जबरजस्ती करणी र डाँका चोरी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जोहरी समेत दिएकी थिइन् । तर, प्रहरीले प्रमाण अपुग भएको भन्दै मुद्दा तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।

टिप्पणीहरू