काँग्रेसको तराई–मधेश समन्वय विभागमा थपिए सदस्य

काँग्रेसको तराई–मधेश समन्वय विभागमा थपिए सदस्य
सुन्नुहोस्

नेपाली काँग्रेसको तराई–मधेश समन्वय विभागमा सदस्य थपिएका छन् । पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको उक्त विभागमा १० जना थपिएका हुन् ।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम आज सभापति शेरबहादुर देउवाले सदस्य मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरुणकुमार सिंह, रौतहतका रामकृपाल यादव, काठमाडौंकी दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी थपिएका सदस्य हुन् ।
 

टिप्पणीहरू