हिउँदे अधिवेशनमा लगातार बैठक नराख्ने सहमति

हिउँदे अधिवेशनमा लगातार बैठक नराख्ने सहमति
सुन्नुहोस्

आगामी शुक्रबारदेखि शुरु हुने संसदको हिउँदे अधिवेशनको माघ महिनाभर सञ्चालन हुने बैठकबारे मोटामोटी सहमति भएको छ । आज बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा उक्त सहमति भएको बताइन्छ । 

प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसँग संसदको आसन्न अधिवेशनको तयारी सन्दर्भमा भएको छलफलमा माघ महिनाको संसदीय क्यालेण्डरलाई अन्तिम रुप दिइएको छ । 
जसअनुसार १८ गतेको बैठकमा सरकारले यसअघि जारी गरेका अध्याादेश पेश हुने छ भने २२ गतेको बैठकमा निर्णयार्थ पेश गरिने छ । त्यसपछि दुई दिन संसद बैठक नराखिने भएको छ ।

माघ २५,२६ र २७ समितिको बैठक बस्नेछ । माघ २८,२९ ,३० मा सदनको बैठक चल्ने छ । पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

छलफलमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सचेतक निशा डागी, संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव हर्कराज राई, कार्यव्यवस्था परामर्श समितिका सहसचिव एकराम गिरीलगायतको उपस्थिति थियो ।
 

टिप्पणीहरू