टुच्च टुच्च भुइँचालो

टुच्च टुच्च भुइँचालो

केही समय भयो, टुच्च टुच्च भुइँचालो आइरहेको छ । कहिले कता भन्छ, कहिले कता । भूकम्पविद्हरू भन्छन्, यस्तो भुइँचालो अझै आउन सक्छ, किनभने नेपालको जमिनमुनि भुइँचालो थुप्रिएर बसेको छ, कुनै पनि बेला आउन सक्छ । अर्थात् जमिनमुनि भुइँचालोको गोदामै छ । अहिले जो आयो, त्यो शोरुमको भुइँचालो हो । गोदामको चाहिँ आउन बाँकी नै छ ।  

भुइँचालो भनेपछि सबै डराउँछन् । तर यसपटक जुन भुइँचालो आयो, त्यो सुनेर अरु त होइन, केपी ओलीचाहिँ डराउनुभयो कि जस्तो लाग्छ । किनभने विपक्षीले मोर्चा कसिसकेको छ । आमसभाको कार्यक्रम राखिसकेको छ । संसद बोलाऊ, होइन भने हामी बोलाउँछौं भनिसकेको छ ।

विपक्षीले त्यसो भन्नु भनेको उही टुच्च टुच्च भुइँचालो गएजस्तै त हो नि ! तर, भुइँचालो टुच्च टुच्च गएर थामिएलाजस्तो छैन । किनभने जमिनमुनि अझै भुइँचालो थुप्रिएको छ रे ! कुनै पनि बेला बाहिर निस्कन सक्छ भनिएको छ । निस्क्यो भने के गर्ने ?

टिप्पणीहरू