प्रधानमन्त्रीको प्रशँसा गर्न युवतीको सहारा
एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पैदा भइरहेको जनआक्रोशलाई दबाउन विभिन्न तरिका अपनाएको देखिन्छ । सरकार र पार्टी नेतृत्वविरुद्धको आवाज दबाउन सामाजिक सञ्जाल उपयोग गर्ने नीतिगत निर्णय गरेको एमालेले सरकार र प्रधानमन्त्रीको प्रतिरक्षामा स्टाटस लेख्न कार्यकर्तालाई निर्देशन दिइरहेको छ । विरोधमा बोल्ने युवालाई पक्राउ गर्नेदेखि प्रश्न उठाउने नेतालाई पार्टीबाट निकाल्ने क्रम पनि चलिरहेकै छ ।
सामाजिक सञ्जालको एल्गोरिदमलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीको समर्थनमा लेखिएका स्टाटस तथा शेयर गरिएको फोटोको कमेन्टमा गालीको वर्षा देखिन्छ । सायद, त्यही डरले पार्टीको निर्देशनका बाबजुद नेता-कार्यकर्ताले ‘समर्थनवाला’ स्टाटस र फोटो हालेको देखिंदैन । बरु,पार्टीको नामबाट खोलिएका फेसबुक पेज र ग्रुपहरुमा ओलीको प्रशंसा गरिएका स्टाटस पढ्न सकिन्छ ।
तर, रोचक के भने एमालेकै कार्यकर्ताले चलाउने त्यस्ता पेज र ग्रुपहरुमा समेत ओलीको फोटो राखिंदैन । बरु सामाजिक सञ्जालमा प्रयोगकर्ताको ध्यान खिच्न आकर्षक शारीरिक बनावट भएका युवती,अभिनेत्री र मोडलको तस्वीर राखेर क्याप्सनमा भने ओलीको प्रशंसा गरिएका हुन्छन् ।
ध्यान केन्द्रित गर्नको लागि मात्र युवतीको तस्वीर राखेको स्पष्ट हुन्छ । त्यही स्टाटसको कमेन्टमा विशाल पोखरेल लेख्छन्, ‘केपीसँग यी युवतीको के सम्बन्ध छ ? यसरी गलत ढंगबाट प्रचार नगरौँ ।’
फेसबुकमा ‘नेकपा (एमाले) समर्थक’ नामक एउटा ग्रुप छ । यसमा एक लाख ७१ हजार सदस्य छन् । उक्त ग्रुपमा धनगढी घर भएका एमाले कार्यकर्ता सृजना रावतले प्रधानमन्त्री ओलीको प्रशंसासहित असम्बन्धित युवतीको तस्वीर राखेकी छन् । ‘बा'ले नियतवश् देशविरुद्ध गलत काम गर्नुहुन्छ भनेर जति कुतर्क गरे पनि म पत्याउदिनँ । बा'को निजी स्वार्थ केही छैन भनेर वान-टु-वान कुरा गर्दा थाहा पाएको छु’, स्टाटसमा लेखिएको छ, ‘उल्टो मुलुक निर्माण गर्न र सेवा गर्न उत्प्रेरित गरेर पठाउनुहुन्छ । केपी ओलीलाई ३० मिनेट भेट्नू,ऊ ओलीको फ्यान हुन्छ ।’
प्रधानमन्त्री ओलीको प्रशंसायुक्त यो स्टाटसमुनि स्वयं ओली वा उनीसँग सम्बन्धित तस्वीर भएको भए सान्दर्भिक देखिन्थ्यो । तर, रावतले प्रयोगकर्ताको ध्यान केन्द्रित गर्नको लागि मात्र युवतीको तस्वीर राखेको स्पष्ट हुन्छ । त्यही स्टाटसको कमेन्टमा विशाल पोखरेल लेख्छन्, ‘केपीसँग यी युवतीको के सम्बन्ध छ ? यसरी गलत ढंगबाट प्रचार नगरौँ ।’
त्यस्तै विनोद राईको प्रतिक्रिया छ, ‘अध्यक्षज्यूको निर्देशनपछि फेसबुकमा राम्रै प्रचार भइरहेको रहेछ । यी युवतीको पुरा तस्वीर राखेको भए अझै राम्रो हुन्थ्यो कि !’
टिप्पणीहरू