हिउँदे अधिवेशनमा सशक्त ढंगले अघि बढ्ने विपक्षी दलको तयारी

हिउँदे अधिवेशनमा सशक्त ढंगले अघि बढ्ने विपक्षी दलको तयारी

सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बसेको छ । भोलिदेखि शुरु हुन लागेको संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरुको भूमिका र रणनीतिबारे छलफल गर्न बिहान ९ बजेदेखि उनीहरु जुटेका हुन् ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँगै वेदुराम भुसाल, महिन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत सहभागी छन् ।

यसअघि ती दलले छुट्टाछुट्टै रुपमा संसदमा सरकारले प्रस्तुत गर्ने अध्यादेश र विधेयकमाथि सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरिसकेका छन् ।

टिप्पणीहरू