माओवादी संसदीय दलको बैठक दिउँसो
![माओवादी संसदीय दलको बैठक दिउँसो](https://janaaastha.prixacdn.net/media/albums/maowadi_Drgz3fURjM.jpg)
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राखिएको छ ।
सोही स्थानमा अहिले विपक्षी दलहरुको बैठक बसिरहेको छ । भोलिदेखि शुरु हुन लागेको संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरुको भूमिका र रणनीतिबारे छलफल गर्न बिहान ९ बजेदेखि उनीहरु जुटेका हुन् ।
यता सत्तापक्ष मुख्य गरेर नेपाली काँग्रेस र एमालेले यसअघि नै संसदीय दलको बैठक र सत्तापक्षका दलहरुको बैठकमा संसद अधिवेशनमा विपक्षी पार्टीहरुको रणनीति र विरोधको डटेर प्रतिवाद गर्ने निर्णय गरिसकेका छन् ।
टिप्पणीहरू