पहिलो दिन नै सुनिता अनुपस्थित

संसदको आजदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा एमाले सचेतक सुनिता बरालको खोजी भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेको उक्त बैठकमा बरालको उपस्थिति नदेखिएपछि नेताहरुले सोधखोज गरेका थिए ।
एमाले स्रोतका अनुसार बरालको फोन हिजोदेखि ‘स्वीच अफ’ छ । आजको संसद बैठकमा सचेतक नै नआउँदा प्रमुख सचेतक महेश बर्तौलालगायतले सोधखोज गरेका थिए । संसदको बैठकसँग सम्बन्धित प्रमुख सचेतकलाई समेत आजको अनुपस्थितिबारे अवगत नगराइएकोमा सांसदहरुले अचम्म मानेका छन् ।
जनआस्थाले एकछिन अघि साँझ पौने ८ बजे उनको मोबाइलमा सम्पर्क गर्दा अंग्रेजीमा उक्त फोन नम्बर सम्पर्क बाहिर रहेको अटो रिप्लाई प्राप्त भएको छ ।
उनले आफू निकट सांसदहरुलाई समेत अनुपस्थितिवारे जानकारी नदिएको बुझिएको छ । आजको बैठकमा पार्टी सचेतक अनुपस्थित भएको कुरा प्रमुख सचेतक बर्तौलाले पनि पुष्टि गरेका छन् । ‘अस्ति एउटा समितिको बैठकबारे म्यासेज गर्नुभएको थियो । तर आज अनुपस्थितिको कारणबारे सोधखोज गर्दा हिजोदेखि उहाँको मोबाइल अफ भएको साथीहरुले बताएपछि थाहा भयो,’ प्रमुख सचेतकको भनाई छ ।
जनआस्थाले एकछिन अघि साँझ पौने ८ बजे उनको मोबाइलमा सम्पर्क गर्दा अंग्रेजीमा उक्त फोन नम्बर सम्पर्क बाहिर रहेको अटो रिप्लाई प्राप्त भएको छ ।
अध्यादेशलगायत अनेक मुद्दाको कारण सारा बिपक्षी एकजुट भएर प्रतिकारमा उत्रने तयारी भैरहेको बेला आफ्ना सबै साँसद्को अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै यस्तरी बेखबर भएपछि अरुले मात्रै अनुशासन अनुशासन भनेर किन मरिहत्ये गरिरहनु भन्ने गुनासो सुन्न थालिएको छ । झापाकी यी जोशिली नेत्रीलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लगातार ४ वटा महत्वपूर्ण पद जिम्मा लगाउनुभएको थियो । ती हुन्-अखिल अध्यक्ष,पार्टी केन्द्रीय सदस्य,समानुपातिक साँसद र सचेतक ।
यसवीच सचेतक सुनिता पार्टीका कसैलाई थाहा पत्तै नदिई हिजो बेलुका कतार एअरको उडानबाट दोहा हुँदै अफ्रिकी मुलुक मालावी पुगेको कुरा प्रधानमन्त्रीले पत्ता लगाउनुभएको छ ।
टिप्पणीहरू