सगरमाथा संवाद बैठकअघि मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको 'भर्चुअल' संवाद

सगरमाथा संवाद बैठकअघि मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको 'भर्चुअल' संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्नुहुने भएको छ । 

प्रदेशको विकास निर्माण तथा आयोजनाहरुको प्रगतिबारे उहाँले कुराकानी गर्न लाग्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बताइए अनुसार आज दिँउसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट उहाँले मुख्यमन्त्रीहरुसँग संवाद गर्नुहुनेछ । 

त्यसैगरी, दिँउसो २ बजे उहाँ सगरमाथा संवाद तयारी बैठकमा सहभागी हुनुहुने सचिवालयले जानकारी दिएको छ ।
 

टिप्पणीहरू