क्रान्तिकारीका अवकाशप्राप्त नेतालाई अर्कै जिम्मेवारी

क्रान्तिकारीका अवकाशप्राप्त नेतालाई अर्कै जिम्मेवारी

नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट बाहिरिएका निवर्तमान पदाधिकारीहरुले पार्टीमा जिम्मेवारी पाएका छन् । 

३२ वर्षे उमेर हद लागेर संगठनबाट स्वतः हटेका उनीहरुलाई माओवादीले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको हो । जसअनुसार पवन कार्की, जीपी मैनाली र क्षितिज सापकोटा बागमती प्रदेशको प्रतिनिधि बनेका छन् । 

केशव रावल, दिपेश पुन, तुकमान महरा र मिलन एमसीलाई लुम्बिनी प्रदेशको प्रतिनिधि बनाइएको छ । मदन भुल, लक्ष्मीप्रसाद जोशी र अच्युत भट्ट सुदूरपश्चिम तथा गजेन्द्रप्रसाद देव र सूर्यनारायण साह मधेस प्रदेशको प्रतिनिधि तोकिएका छन् । 

नरेश रेग्मी र नारायण खनालले नीति विभाग पाउँदा प्रविणा अधिकारी गण्डकी, मदन भट्टराई कोशी र अम्मराज शाहीले कर्णाली प्रदेशको जिम्मेवारी पाएका छन् । 

पुस तेस्रो साता बसेको माओवादी केन्द्रीय समिति बैठकले विद्यार्थी नेताहरुको व्यवस्थापनका लागि उमहासचिव शक्ति बस्नेतको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले क्रान्तिकारीको अध्यक्षदेखि महासचिवसम्मका पदाधिकारीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरे पनि सोअनुसारको जिम्मेवारी भने दिइएन ।

टिप्पणीहरू