मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चिनियाँ युवा टोली विजयी

चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाडको अवसरम आयोजित नेपाल र चिनियाँ युवा टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोली २–० गोलले पराजित भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा भएको उक्त खेल चीनको युन्नान प्रान्तको युवा टोली र नेपालका विभिन्न उमेर समूहको खेलाडी रहेकोे टोलीबीच भएको हो । खेलको २१ औं मिनेटमा चिनियाँ खेलाडी यु मंगवेले पहिलो गोल गरेर अग्रता चीनले अग्रता लिएको थियो ।
त्यसपछि ७९ औं मीनेटमा युन्नानका ह्युङ यीले गोल गरेपछि नेपाली टोली दुई गोलले पछाडि परेको थियो । यसअघि नेपाली टोलीले ६७ औं मिनेटमा पेनाल्टी बक्स बाहिर पाएको फ्रि किकको अवसर गुमाएको थियो ।
गत वर्ष भएको यस्तै मैत्रीपूर्ण खेलमा नेपाल ५–१ ले विजयी भएको थियो । प्रतियोगिताअघि रंगशालामा चिनियाँ साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
टिप्पणीहरू