विश्वविद्यालयमा सुरक्षाकर्मी तैनाथ, भारतीय दूतावास अगाडि विद्यार्थीहरुको प्रदर्शन

विश्वविद्यालयमा सुरक्षाकर्मी तैनाथ, भारतीय दूतावास अगाडि विद्यार्थीहरुको प्रदर्शन
सुन्नुहोस्

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेपछि नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए । त्यसपछि हिजो विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई निस्कासन गरेको जानकारी दिएको थियो ।

विश्वविद्यालयले नेपाली विद्यार्थीलाई फर्किन आह्वान गरेको छ तर यसअघि भएको दमनबारे माफी मागेको छैन । प्रकृति लम्सालको निधनमा उनका पूर्व प्रेमी भनिएका व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरिरसकेको छ ।

उता नेपाली विद्यार्थीको शंकास्पद मृत्यु र भारतीय विश्वविद्यालयको दमनको विरोधमा काठमाडौंमा बिहानैदेखि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । अनेरास्ववियुले पाटन संयुक्त क्याम्पसमा, नेविसंघले त्रिचन्द्र र कोटेश्वर क्याम्पसमा विरोध प्रदर्शन गरेका हुन् ।

पब्लिक युथ क्याम्पसको नेविसंघ इकाइको अह्वानमा भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । बिहान साढे ८ बजे गरिएको प्रदर्शनमा शंकास्पद मृत्युको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरिएको हो । उनीहरुले भारतीय सरकार मुर्दावादलगायत चर्का नारा लगाएका थिए ।
 

टिप्पणीहरू