आदर्श बालिका विद्यालयलाई एसबिआईको सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले हिजो एक कार्यक्रमका बीच समान हस्तान्तरण गरेको हो । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई उक्त सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंगा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरुको उपस्थिति थियो ।
सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको बैंकले मुलुकभर एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
टिप्पणीहरू