मैले केपी ओलीसँग करुणाले बिहे गरेँ : राधिका शाक्य

मैले केपी ओलीसँग करुणाले बिहे गरेँ : राधिका शाक्य
सुन्नुहोस्

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राजधानीमा पुस्तक लोकार्पण गरिएको छ ।

पुस्तक लोकार्पण गर्दै शाक्यले आफू बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुने गरेकाले केपी ओलीसँग करुणाले बिहे गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँग दाम्पत्य जीवनमा बाँधिएको ३७ औँ वार्षिकोत्सवका अवसरमा आज पुस्तक लोकर्पण गरिएको हो । शाक्यको आत्मकथामा आफ्ना दृष्टि, भोगाई र अनुभूतिका साथै प्रधानमन्त्रीको संघर्ष, कठिनाई, सफलता उल्लेख छ । 

उहाँले भन्नुभयो, ‘म न साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्थेँ ।

टिप्पणीहरू