बाबुछोरीविरुद्ध सम्पत्ति शुद्धीकरणद्वारा मुद्दा, ५४ करोड बिगो

बाबुछोरीविरुद्ध सम्पत्ति शुद्धीकरणद्वारा मुद्दा, ५४ करोड बिगो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । उनीहरुले राजश्व चुहावट गरेको जनाउँदै झण्डै ५४ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

राजस्व चुहावट गरेर प्राप्त रकम उनीहरूले बैंकको मुद्दती निक्षेपमा जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । बाबु अशोकलाई ३४ करोड २४ लाख ३१ हजार र छोरी निवेदिकालाई १९ करोड ७३ लाख ९९ हजार बिगो कायम गरिएको छ ।

टिप्पणीहरू