पूर्व राष्ट्रपति भण्डारीले गर्नुभयो प्रधानमन्त्री ओलीको प्रशंसा

पूर्व राष्ट्रपति भण्डारीले गर्नुभयो प्रधानमन्त्री ओलीको प्रशंसा
सुन्नुहोस्

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ । 

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीलाई लोकप्रिय राजनेताको उपाधि दिनुभयो । ओलीलाई अडान र निष्ठाको प्रतिमूर्ति भन्दै कुशल रणनीतिकारका रुपमा चित्रित पनि गर्नुभयो ।

'नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन उहाँले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु’, पूर्व एमाले उपाध्यक्षसमेत रहनुभएकी भण्डारीले भन्नुभयो, ‘साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ ।’

प्रधानमन्त्री ओली नेपालको विशिष्ट राजनीतिज्ञका साथै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा भएको पूर्वराष्ट्रपतिको दाबी छ । 

टिप्पणीहरू