एसबिआई बैंकले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड

एसबिआई बैंकले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड
सुन्नुहोस्

कर्पोरेट क्लब प्रालिले प्रदान गर्दै आएको ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स–२०२४’ नेपाल एसबिआई बैंक लिमिटेडले पाएको छ । 

नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको महत्वपूर्ण योगदानको कदरस्वरुप क्लबले ‘वाणिज्य बैंक’ विधा तर्फको उक्त अवार्डबाट एसबिआई सम्मान गरेको हो ।

‘स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा मुख्य निर्णायक प्रा.डा.फत्तबहादुर केसीले बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, प्रमुख सञ्चालक अधिकृत विकास आनन्दलाई सो अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा गृहमन्त्री रमेश लेखकलगायत उच्च पदस्थहरुको उपस्थिति थियो । 

बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकको एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, १२५ एटिएम, एक कर्पोरेट कार्यालय सञ्चालनमा छ ।

टिप्पणीहरू