शान्तिपूर्ण भन्ने, निषेधाज्ञा तोड्ने ?

शान्तिपूर्ण भन्ने, निषेधाज्ञा तोड्ने ?

निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले जेन जी प्रर्दशनकारीहरूले ‘शान्तिपूर्ण’ भेलामा निषेधाज्ञा उल्लंघन गरेपछि भदौ २३ गतेको अवस्था सिर्जना भएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा पेस गरिएको लिखित जवाफमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरू अघि बढेपछि अवस्था अर्कै हुन पुगेको उनको भनाइ छ । 

जवाफमा लेखिएको छ, ‘एभरेष्ट होटलबाट सहभागीहरू अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ अगाडि बढेपछि सार्वजनिक सम्पत्ति, सुरक्षाकर्मी तथा उनीहरूको हतियार सुरक्षित गर्नु अपरिहार्य भयो ।’

अर्यालले निषेधित क्षेत्रमा प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा असर गर्ने र सुरक्षाकर्मीका हातहतियारको सुरक्षामा जोखिम सिर्जना गर्ने गतिविधि देखिएकाले कानुनी दायराभित्रै रहेर आत्मरक्षाका लागि काम गरिएको दाबी गरेका हुन् । लेखिएको छ, ‘कफ्र्युमा हुने कानुनविपरीतका गतिविधिलाई नियन्त्रणमा ल्याउन गरिने काम कारबाहीलाई अन्यथा मान्न मिल्दैन । त्यस्ता काम राज्य पक्षमा गरिने आवश्यक कार्यकै दायरामा पर्छन्।’

टिप्पणीहरू