चार वर्षअघिको मुद्दा सुनुवाईमा माघ ३० कै निरन्तरता

चार वर्षअघिको मुद्दा सुनुवाईमा माघ ३० कै निरन्तरता

अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदरको मागसहित परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा आज भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

उक्त रिटको अर्को पेशी चैत ६ गते तोकिएको छ । अघिल्लोचोटि प्रधानमन्त्री भएका बेला केपी शर्मा ओली नेतृत्व सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ जना नियुक्त गरेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले उक्त नियुक्ति गैरसंवैधानिक भएकाले बदर माग गर्दै २०७७ पुस १ गते रिट दायर गरेका थिए । तर,राजनीतिक तथा संवैधानिक महत्वको यो मुद्दा चार वर्षसम्म किनारा लाग्न सकेको छैन । 

गत माघ ३० गते राउत नेतृत्वको इजलासमा सो मुद्दामा पहिलोपटक सुनुवाई भएको थियो । त्यतिबेला पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

टिप्पणीहरू