ट्रम्प फर्केपछि निकालिने नेपाली ३८ पुगे

ट्रम्प फर्केपछि निकालिने नेपाली ३८ पुगे
सुन्नुहोस्

दोस्रोपटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि तीन दर्जन बढी नेपाली निकालिएका छन् ।

हिजो दुई जना र अस्ति एक जना गरी हालसम्म ३८ जना नेपाली डिपोर्ट भएका छन् । अमेरिकाले अवैध रुपमा बसिरहेका आप्रवासीमाथि कडाइ गरेको छ । 

फागुन २१ गते अमेरिकाबाट १० जना नेपाली स्वदेश फिर्ता भएका थिए । उनीहरुलाई चार्टर विमानमा काठमाडौं ल्याएर छोडिएको हो । ट्रम्प प्रशासनको नीतिका कारण करिब १४ लाख आप्रवासी निकालामा पर्ने अनुमान गरिएको छ । अमेरिकाले अन्य देशका नागरिकलाई पनि भटाभट फर्काइरहेको छ । अमेरिकामा एक हजारको संख्यामा नेपालीहरु गैरकानुनी तवरले बसिरहेको त्यहाँको अध्यागमनले जनाएको छ ।

टिप्पणीहरू