वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । रंगहरुको पर्व भनिने फागु पूर्णिमा अर्थात् होली आज हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइंदै छ । राजधानी काठमाडौंसहित पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ ।
वसन्तपुरमा होली खेल्न ठूलो संख्यामा मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको पनि उत्तिकै उपस्थिति रहेको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी र भोलि तराईका जिल्लामा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेशअनुसार फरक-फरक नामले समेत पुकार्ने गरिन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा होली मनाउन थलिएको धार्मिक विश्वास छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।
टिप्पणीहरू