अनौठो होडबाजी,‘कोभन्दा को कम राजावादी ?’
गत सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास लाने क्रममा देखिएको भीड देख्दा पुलकित राजावादीहरु ‘जश’ लिने होडबाजीमा छन् । भोलिपल्टदेखि उक्त कार्यक्रम आफ्नो आह्वानमा भएको र राप्रपालगायत अन्य सबै संघ संस्थाले मौकामा चौका हानेको मेडिकल माफिया दुर्गा प्रसाईंको दावी छ ।
उनले भद्रपुरबाट काठमाडौं आएलगत्तै भर्खरै त्रिभुवन विमानस्थलमा चर्को धारणा राखेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदलाई सदन छाडेर सडक आन्दोलनमा ओर्लन उनको आग्रह छ । नेपालमा राजा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र योगी आदित्यनाथले साथ दिनुर्ने र त्यस्तो अवस्थामा मोदी र योगी दुबैको फोटो बोक्ने उद्घोषसमेत गरेका छन् । उनले राजा आएपछि सबै लघुवित्त संस्थाका ऋणीहरुको कर्जा मिनाहा हुने हौवा पनि फैलाएका छन् ।
यता राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने अर्का राजवादी अर्जुन ढुंगानालाई भिडियो कलमा थर्काएका छन् । उनीहरुबीच पूर्वराजासँग को सबैभन्दा बढी नजिक हुने भन्ने आशयसहित भिडियो कलमा लफडा भएको अनुमान गर्न सकिन्छ ।
टिप्पणीहरू