मतदानको अघिल्लो दिन निर्वाचन समितिको कार्यालयमा ताल्चा

मतदानको अघिल्लो दिन निर्वाचन समितिको कार्यालयमा ताल्चा

रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । विद्यार्थी संघसंगठनहरुले निर्वाचन समितिको कार्यालयमा ताल्चा लगाएपछि क्याम्पस प्रशासनले चुनाव स्थगित गरेको जनाएको छ । 

क्याम्पस प्रमुख प्रा.डा.ताराप्रसाद उपाध्यायका अनुसार निर्वाचनका लागि सहज र शान्तिपूर्ण वातावरण नबन्दासम्म चुनाव स्थगित गरिएको हो । फागुन २९ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि विद्यार्थी संगठनहरुले निर्वाचन समितिको कार्यालयमा ताल्चा लगाएका थिए । ताल्चा खोल्न विभिन्न चरणमा वार्ता गर्दा पनि सफल नभएकाले चुनाव स्थगित गर्नुपरेको क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ ।

टिप्पणीहरू