थानकोटमा नाराबाजी, मन्त्रीको राजीनामा माग

काठमाडौंको थानकोटमा स्थानीयले नाराबाजी गरेका छन् । नागढुंगा सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा ‘प्रहरी दमन मुर्दावाद’, ‘हाज्मा कम्पनी मुर्दावाद’, ‘यातायातमन्त्री राजिनामा दे’, ‘सडक विभागका महानिर्देशक राजीनामा दे’, ‘सुरुङमार्ग प्रभावित स्थानीयवासीद्वारा विरोध प्रदर्शन’ लेखिएको ब्यानर बोकेका उनीहरुले खानेपानी आयोजना सञ्चालनको जिम्मेवारी ग्यारेन्टी गरिनुपर्ने, चर्किएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, खेतीयोग्य जमिनमा सिचाइँको वैकल्पिक व्यवस्था गरिनुपर्नेलगायत आठ बुँदे माग राखेका छन् ।
समितिका अध्यक्ष गोपी सुर्खेती, उपाध्यक्ष कृष्णबहादुर सुवेदी, सचिव हरि भुर्तेललगायत झण्डै एक सयजना स्थानीयले बसुण्डोलस्थित हाज्मा कम्पनीको कार्यालय अगाडि भेला भएर नारा लगाएका हुन् । प्रदर्शनकारीले नागढुंगा–दहचोक भित्री सडक बन्द गर्न खोजेपछि प्रहरीले रोकेको हो ।
टिप्पणीहरू