आज पनि प्रधानमन्त्रीलाई कुर्सीमा राखियो

आज पनि प्रधानमन्त्रीलाई कुर्सीमा राखियो
सुन्नुहोस्

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीमा बसाइएको छ । 

शुरुमा रोष्टममा उभिएर जवाफ दिनुभएका उहाँले उभिन नसक्ने भनेपछि कुर्सी व्यवस्थापन गरिएको  हो । त्यसपछि रोष्टममै कुर्सी राखेर बस्नुभएका प्रधानमन्त्रीले जवाफ दिने क्रमलाई निरन्तरता दिनुभएको छ ।

कमजोर स्वास्थ्य अवस्थाका कारण ओली बेलाबेला संसद बैठकमा बसेरै बोल्ने गर्नुहुन्छ । अघिल्लो पटकको प्रश्नोत्तर कार्यक्रममा पनि उहाँले उभिन सकिन भनेपछि सभामुखले तुरुन्तै कुर्सी व्यवस्थापन गर्दिनुभएको थियो ।

टिप्पणीहरू