अदालतको आदेशपछि स्ववियु निर्वाचन स्थगित

अदालतको आदेशपछि स्ववियु निर्वाचन स्थगित
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले भोलि तोकिएको निर्वाचन स्थगित गरिएको जनाएको छ । 

विष्णुबहादुर बडैलासहित विद्यार्थीहरुले समितिसमेतलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा रिट निवेदन दायर गरेका थिए । अदालतले हिजो अन्तरिम आदेश जारी गरेको छ । तर, अन्य विपक्षीहरुको नाममा म्याद तामेली नभएकाले चैत १० गते छलफलका लागि बोलाइएको छ । 

समितिले आज सूचना जारी गर्दै छलफलको टुंगो लागेसम्म निर्वाचनको कार्यक्रम स्थगन गरिएको जनाएको छ । ‘सम्मानित अदालतबाट “निवेदकले...दिन” भनि मिति २०८१ चैत ६ गते अन्तरिम आदेश जारी भएको म्याद मिति २०८१–१२–०७ गते प्राप्त भएको र निर्वाचन समिति समेतको तर्फबाट मिति २०८१–१२–०७ मा अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरुको नाममा म्याद तामेल नभएकोले यही मिति २०८१–१२–१० को दिनलाई तोकिएकोले सो अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।

टिप्पणीहरू