सभामुखसङ्गै जो-जो जाँदैछन् उज्बेकिस्तान

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपियु) को १५० औं सम्मेलनमा सहभागी हुन जाने क्रममा नौ सदस्यीय टोलीको नेतृत्व गर्दै हुनुहुन्छ । उज्बेकिस्तानको राजधानी तासकन्तमा चैत २१ गतेदेखि हुने सम्मेलनमा भाग लिन उहाँ चैत २० गते त्यता जान लाग्नुभएको छ ।
टोलीमा राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र रास्वपा सांसद सोविता गौतम हुनुहुन्छ । त्यस्तै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे,माओवादी केन्द्रका सूर्यमान दोङ पनि टोलीमा रहने बताइएको छ ।
संसदका महासचिव पद्मप्रसाद पाण्डेय,प्रतिनिधिसभाका सचिव हर्क राई,संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईलाई पनि टोलीमा राखिएको छ ।
टिप्पणीहरू