दूध र पानी छुट्याओस् सरकारले, नत्र कोही किन बर्बाद होस् !

‘काठमाडौं स्कूल अफ ल’ का संस्थापक तथा वरिष्ठ कानुन व्यवसायी डा. युवराज संग्रौलासहित उक्त कलेजका शिक्षकहरुमाथि त्यहाँकै एउटी विद्यार्थीले लगाएको गम्भीर आरोप नयाँ मोडमा पुगेको छ । उक्त स्कूलबाट हालै स्नातक तहको परीक्षा दिएकी सन्ध्या गौतमले संग्रौलाले सांकेतिक रुपमा दुईअर्थी कुरा गर्ने गरेको र अन्य शिक्षकले यौन दुर्व्यवहार नै गरेको आरोप इन्स्ट्राग्राममार्फत् लगाएकी थिइन् ।
यौन दुर्व्यवहारजस्तो गम्भीर आरोप सामाजिक सञ्जालमा एक्लै पोष्ट गर्दै आएकी ती युवतीले पछिल्लो समय संग्रौला र शिक्षकहरुसँग इन्स्टाग्राम म्यासेजमार्फत् लाखौं रुपैयाँ मागेको भिडियो र म्यासेज बाहिरिएको छ । इन्स्टाग्राम भिडियो म्यासेजबाट ‘युवराजको परिवारका चार जनाले प्रतिव्यक्ति पाँच लाखका दरले २० लाख दिए उक्त आरोप फिर्ता लिने’ सन्देश बाहिरिएको भिडियोमा सुन्न सकिन्छ । उनले अर्को भिडियो म्यासेजमा दिउँसो ३ बजेभित्र पाँच लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिँदै अन्यथा सबै कुरा बाहिर ल्याउने चेतावनी दिएकी छन् । तर, त्यो भिडियो कुन मिति र समयको भन्ने खुलेको छैन ।
पिता बल्लभमणि गौतमलाई तथानाम गाली गर्दै पारिवारिक सम्बन्धबाट टाढा रहन चेतावनी दिएकी सन्ध्याले दिपेश आचार्यले आफूमाथि दुर्व्यहार गर्दा पनि पिताले कुनै सुनुवाई नगरेको अर्को आरोप लगाएकी छन् ।
एउटा भिडियोमा भन्छिन्, ‘३ बजेसम्म तैँले मलाई पाँच लाख रुपैयाँ ल्याइदिस् भने केही हाल्दिनँ । सोसल मिडिया इज वाचिङ,दिस इज द पावर । ३ बजेसम्म संग्रौलाले मलाई पाँच लाख रुपैयाँ हालिदिनुपर्यो । मैले अनलाइन भनेको छु,कोही सेभ गर है,डिलिट गर्न सक्छ ।’ बीच बीचमा अंग्रेजीमा बोल्दै उनले सबै कुरा सेयर गरेर संग्रौलालाई खत्तम (डिस्ट्रोइ) पारिदिने धम्की पनि दिएकी छन् ।
आफूलाई यौनिक अल्पसंख्यक दावी गरेकी ती युवती संग्रौलापछि अर्का शिक्षक प्रकाश केसीमाथि खनिइन् । केसीले सर्वोच्च अदालतमा विचाराधीन यौनिक अल्पसंख्यकहरुको मुद्दामा बहस गर्दा अनावश्यक लाञ्छना लगाएको,उनीहरुमाथि दमन र अपमान गरेको उनको आरोप छ । गम्भीर आरोप लगाएकी युवतीले उनको नजरमा आरोपित भनिएका संग्रौला र उनको परिवारसँग रकम माग गरेको भिडियोले विषयलाई नयाँ मोडतर्फ धकेलिदिएको छ ।
एउटा भिडियोमा भन्छिन्, ‘३ बजेसम्म तैँले मलाई पाँच लाख रुपैयाँ ल्याइदिस् भने केही हाल्दिनँ । सोसल मिडिया इज वाचिङ,दिस इज द पावर । ३ बजेसम्म संग्रौलाले मलाई पाँच लाख रुपैयाँ हालिदिनुपर्यो । मैले अनलाइन भनेको छु,कोही सेभ गर है,डिलिट गर्न सक्छ ।’
एउटा भिडियोमा उनले थाइल्याण्डको राजधानी बैंकक जान हवाई टिकट माग गरेको र एउटा म्यासेजमा तुरुन्त पाँच लाख पठाउन भनेको सुनिन्छ । केहीबेरअघि ३ बजेभित्र पाँच लाख मागेकी उनले एकैछिनमा ३ बजेभित्र तीन लाख मागेको अडियो रेकर्ड छ । त्यसमा ‘पाँच पाँच लाख इच’ भन्दै परिवारका चार जना सदस्यसँग २० लाख डिमाण्ड गरिएको छ ।
आफूले गौतम र भट्टराई परिवारलाई औपचारिक रुपमा त्यागेको समेत उनले सामाजिक सञ्जालमा लेखेकी छन् । पिता बल्लभमणि गौतमलाई तथानाम गाली गर्दै पारिवारिक सम्बन्धबाट टाढा रहन चेतावनी दिएकी सन्ध्याले दिपेश आचार्यले आफूमाथि दुर्व्यहार गर्दा पनि पिताले कुनै सुनुवाई नगरेको अर्को आरोप लगाएकी छन् । १६ वर्षको उमेरमा दिपेशले आफूलाई ‘त्यस्तो’ गरेको उनको दावी छ । ‘काठमाडौं स्कूल अफ ल’ का पूर्व विद्यार्थीहरुलाईसमेत तथानाम गाली गरिएको अर्को सोसल स्टाटस पनि बाहिरिएको छ ।
उपरोक्त अडियो,भिडियो विवरण र लेखनको स्कृनसटप्रति अन्यथा भनाइ भए सम्बन्धित पात्र सबैलाई उचित स्थान दिइनेछ ।
टिप्पणीहरू