यी हुन् नेपाली क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक

यी हुन् नेपाली क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुआर्ट ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रूपमा ललाई दुई वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको छ ।

ल अष्ट्रेलियाका अनुभवी, दिग्गज पूर्व खेलाडी एवम् प्रशिक्षक हुन् । घरेलु क्रिकेटमा झन्डै दुई दशक बिताएका ल १५ वर्षदेखि प्रशिक्षकको रुपमा सक्रिय छन् ।

५६ वर्षीय लले अष्ट्रेलियाबाट ५४ एक दिवसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए । उनले सन् १९९४ मा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले सोही वर्ष अष्ट्रेलियाको युवा टोलीको कप्तानीसमेत सम्हाले । उनले १९९५ मा श्रीलंकाविरुद्ध एक मात्र टेस्ट खेल खेलेका थिए । सन् १९९६ मा अष्ट्रेलिया एक दिवसीय विश्वकपको उपविजेता बन्दा उनी टोली सदस्य थिए । उनले टेस्टको एक खेलमा ५४ रन र ५४ एक दिवसीय खेलमा १ हजार दुई सय ३७ रनबनाउँदै १२ विकेट लिएका छन्।

यस्तै उनले ३ सय ६७ पहिलो श्रेणीको खेल खेल्दै २७ हजार ८० रन बनाउँदै ८३विकेट लिँदा ३ सय ९२ लिएको खेलमा ११ हजार ८ सय १२ रन बनाउँदै ९० विकेट लिएका छन्।

ल घरेलु क्रिकेटमा अष्ट्रेलियाको सबैभन्दा सफल कप्तान हुन्। उनले क्विन्सल्याण्डबाट पाँचपटक स्गेफिल्ड शिल्ड र दुईपटक एक दिवसीय ट्रफी जितेका छन्। पहिलो श्रेणीको क्रिकेटमा उनी क्विन्सल्याण्डका सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

यस्तै लले अक्टोबर २००९ मा पहिलो पटक श्रीलंकाको अन्तरिम प्रशिक्षकको रुपमा काम गरेका थिए । त्यसपछि सन् २०११–१२ मा उनले बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी पाए । ल सन् २०१७ जनवरीमा २०१८ बाट लागु हुनेगरि दुई वर्षको लागि वेष्ट इन्डिजको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भए । त्यसबाहेक उनी इंग्लिस काउन्टी टोली मिडलसेक्सको पनि प्रशिक्षक थिए ।

फेबुु्रअरी २०२२ मा अफगानिस्तानको अन्तरिम मुख्य प्रशिक्षक बने । त्यसैगरी जुन २०२२ मै उनले बंगलादेशको यु–१९टोलीकोमुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले । त्यसपछि उनी अप्रिल २०२४ मा एसोसियट राष्ट्र अमेरिकाको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भए । तर उनको कार्यकाल सात महिनामै सकिएको थियो ।

क्यानले भारतीय प्रशिक्षक मोन्टीदेसाईसँग सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो । फागुन ३ गते क्यानले मुख्य प्रशिक्षकको लागि आवेदन आह्वान गर्दा विभिन्न देशका ७० जनाको आवेदन परेको थियो । त्यसपछि १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएपछि क्यानले ललाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

अब नेपाल आईसीसी विश्वकप लिग–२ को तयारीमा जुट्नेछ । नेपालले २ जुनदेखि १२ जुनसम्म स्कटल्याण्डमा स्कटल्याण्ड, नेपाल र नेदरल्यान्ड्स सम्मीलित त्रिकोणात्मक सिरिज खेल्नेछ । विश्वकप लिग–२ मा नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । आठ राष्ट्र सम्मिलित लिगमा नेपाल १२ खेलबाट मात्र दुई जित र आठ हारको नतिजा निकाल्दै ६ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ । नेपालले लिग–२ को पछिल्लो पाँच खेलमा मात्र एक जित निकाल्दा दुई हार व्यहोरेको छ । नेपालको दुई खेल भने रद्द भएको थियो ।

टिप्पणीहरू