बेपत्ता चिनियाँ नागरिक हिम पहिरोमा मृत भेटिए

बेपत्ता चिनियाँ नागरिक हिम पहिरोमा मृत भेटिए

कास्कीको अन्नपूर्ण आधार शिविर पुगेर फर्किने क्रममा हिम पहिरोमा बेपत्ता चिनियाँ नागरिकको शव फेला परेको छ । २७ वर्षीय चङ युअने गत चैत ११ गतेदेखि बेपत्ता थिए ।

सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार उनको शव फेला परेको छ । उक्त गणका सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठी नेतृत्वको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको टोलीले खोज्दा शव भेटिएको हो ।

बेपत्ताका आफन्त र काठमाडौंस्थित चिनिया राजदूतावासका प्रतिनिधि पनि घटनास्थल पुगेको बुझिएको छ । अघिल्लो साता ती चिनियाँको खोजी गरिदिन आग्रहसहित परिवारका सदस्यहरु नेपाल आएका थिए ।
 

टिप्पणीहरू