अपरिचित नम्बरका मेसेजले घरखेत स्वाहा हुने डर

अपरिचित नम्बरका मेसेजले घरखेत स्वाहा हुने डर

नेपाल राष्ट्र बैंकले अपरिचित नम्बरबाट प्राप्त हुने मेसेजको विश्वासमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता नम्बरका मेसेजको विश्वासमा पर्दा वित्तिय ठगी वा अपराधमा पर्नसक्ने सम्भावानापतर्फ केन्द्रीय बैंकले सचेत गराएको छ । 

चिठ्ठा परेको, पार्सल आएको, सस्तोमा मोबाइल पठाएको, जागिर लगाइदिनेजस्ता प्रलोभनका मेसेजको विश्वासमा नपर्न राष्ट्र बैंकले सुझाएको छ । ‘सस्तोमा मोबाइल पठाइदिन्छु, तपाईंलाई चिठ्ठा पर्यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फोरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता मेसेज आयो र त्यसलाई पत्याएर उसले भनेजस्तै आफ्नो गोप्य विवरण तथा नागरिकताजस्ता निजी कागजात दिनुभयो भने सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउन सक्नुहुनेछ,’ भन्ने मेसेजमाथि विश्वास नगर्न भनिएको छ ।

केन्द्रीय बैंकले सित्तैंमा केही पनि नपाइने भएकाले त्यस्ता सन्देशको पछाडि कोही कसैको कुनै न कुनै दाउपेच लुकेको हुने राष्ट्र बैंकले बताएको छ ।
 

टिप्पणीहरू