सेन्ट मेरिजतिर पनि आँखा लागोस्

जनआस्थाको अनलाइन न्युजपोर्टलमा सेन्ट जेभियर्स स्कूल जावलाखेलले विद्यार्थीको खाना÷खाजा शुल्क वृद्धिको समाचार आयो । अब सेण्टमेरिज स्कूलले पनि डिआईको नाममा बिलभन्दा बाहिर अनावश्यक शुल्क लिइरहेको विषयलाई समेटिदिनुहुन अनुरोध छ ।
जति पनि तिर्न÷व्यहोर्न सक्ने आम्दानी÷हैसियत भएका अभिभावकलाई त फरक नपर्ला तर नानीहरूलाई अलि राम्रो स्कूलमा पढाउने चाहनाले जसोतसो सेण्टमेरिज स्कूलमा पढाइरहेका अभिभावक भने मर्माहत छन् ।
स्कूलले त्रैमासिक जारी गर्ने बिलमा ट्युसन, गेम्स एण्ड लाइब्रेरी, कम्प्युटरलगायत नियमित विषयको साथै अभिभावक अन्तरक्रियालगायत अतिरिक्त क्रियाकलाप, परीक्षा शुल्क आदि पर्छन् । यसरी कम्प्युटर विषयको नियमित पठनपाठन हुने स्कूलमा हप्ताको एक दिन र एक पिरियडको दरले छ हप्तासम्म गरी जम्मा छ पिरियडमा गुगल स्केच अप, पिक्टोब्लक्स एआईजस्ता एप्लिकेशनको जानकारी र एक पटक ड्रोन उडाएर देखाएको कामको जनही आठ हजारको दरले डिआई स्कुल प्रा.लि.का नाममा एनएमबि बैंकस्थित खातामा भुक्तानी गर्न ताकेता गरेको छ ।
जबरजस्ती थोपरिएको यो कार्यक्रमको भुक्तानीका लागी दबाब दिन विद्यार्थीलाई कक्षामा उभ्याउने र साथीहरूको अगाडि अभिभावकलाई छिटो शुल्क तिर्न लगाउनु भन्दै हप्काउने गरिएको छ । सँगै उपयोगमा नआउने डिआइ स्कूल पार्टिसिपेन्ट्स सर्टिफिकेट दिन रोक्ने गरेको छ ।अघिल्ला वर्ष ३००० बाट ५००० हुँदै बिना पूर्व जानकारी यो वर्ष ८००० पुगेको डिआईलाई कमिशनको लोभमा ठेक्का दिनुको सट्टा, आवश्यक भएमा कम्प्युटर शिक्षक थप गर्दा न्यून शुल्कमा अझ प्रभावकारी सिकाइ हुन सक्ने थियो ।
एक तह÷कक्षामा २१० को दरले कक्षा ३ देखि ९ सम्म लागू गर्दा १४७० जनाको जनही ८ हजारका दरले सेण्ट मेरिजबाट मात्र वर्षमा एक करोड सत्र लाख साठी हजार रूपैयाँ संकलन हुने गर्छ । कक्षा दश सम्मै लगाएको भए १ करोड ६८ लाख पथ्र्यो ।
टिप्पणीहरू