प्रहरी छिरे,रविलाई राति ९ बजे नुहाउन मन लाग्यो

प्रहरी छिरे,रविलाई राति ९ बजे नुहाउन मन लाग्यो

उच्च अदालत तुल्सीपुरको आदेशलगत्तै गत शुक्रबार राति काठमाडौं,हात्तिगौंडा नजिकैको पासिकोटस्थित घर पुगेको प्रहरी टोलीले रवि लामिछानेलाई करिब एक घण्टामा नियन्त्रणमा लियो । अदालतको आदेशपछि उनको निवासमा पुगेको प्रहरी टोली प्रमुख डिएसपी दीपक खड्काको एउटा सोधनीलाई रास्वपा नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा ट्रोल बनाएका छन् । 

सोमबारदेखि भैरहवास्थित जिल्ला कारागारको ब्लक नम्बर ४ मा राखिएका रविलाई त्यो दिन उनको घर पुग्दा डिएसपीले सोधेको भनिएको ‘अन्तिम इच्छा’ को यथार्थ बाहिरिएको छ । टोलीका एक जना सदस्य भन्छन्, ‘हामी अन्दाजी साढे ८ बजे उनको घर पुग्यौं । पहिले घरभित्र छिर्नै नानाथरी सोधनी भयो । त्यसपछि केहीबेर उनको बैठक कोठामा बसेर पक्राउको लागि आएको जानकारी गरायौं ।’

पक्रने क्रममा डिएसपीले ढंग नपुर्याई बोलेको भन्ने सम्बन्धमा ती प्रहरीको भनाइ छुट्टै छ । पक्राउ टोली बैठक कोठामा पुगेपछि भूतपूर्व गृहमन्त्री जस्तो मान्छेले नानाथरी मानिसलाई बोलाउनु छ भन्दै कुराउँदा प्रहरी उनको बेडरुम नजिकै पुगेको थियो । उनले एकपछि अर्को काम देखाउँदै अन्तमा राती ‘नुहाउनु छ’ भनेपछि प्रहरीको पनि पारा चढ्नु स्वाभाविकै भएको ती टोली सदस्यले बताए । 

उनी भन्छन्, ‘घरि कसलाई बोलाउँछु,घरि को आउँछ । घरि वकिललाई बोलाउँछु भन्दै नुहाउनु पनि छ भनेकाले त्यसपछि अन्तिम के छ ? भनेर सोधेको विषयलाई गलत ढंगले प्रचार गरियो ।’

टिप्पणीहरू