शिक्षकपछि माइतीघरमा नारा लगाउने निजामति कर्मचारीको तयारी
निजामति कर्मचारी सेवा ऐन जारी गनुपर्ने मागसहित सरकारी कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । ऐन निर्माणको छलफलमा आफूहरुलाई सहभागी नगराएको र लापरवाही गरिरहेको भन्दै आधा दर्जन कर्मचारी संगठनले आज संयुक्त विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।
१० बुँदे मागसमेत सार्वजनिक गरेका उनीहरुले पूरा नभए चरणबद्ध आन्दोलमा उत्रिने चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागहरुप्रति सरकार उदासिन भई सुनुवाई नगरेमा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलनको सुरुवात गर्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरोकारवाला नै हुनपर्ने समेत स्पष्ट पार्न चाहन्छौ ।’
नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल न्यौपाने, नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन, नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निजामित कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टसहित छ संगठनको हस्ताक्षर छ ।
यी हुन् उनीहरुका माग :
टिप्पणीहरू