वायुसेवा निगमद्धारा चैत महिनाको किस्ता भुक्तानी

वायुसेवा निगमद्धारा चैत महिनाको किस्ता भुक्तानी

नेपाल वायुसेवा निगमले ठूला जहाज खरिदका निम्ति लिएको ऋणको पछिल्लो किस्ता भुक्तानी गरेको छ । 

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट न्यारोबडी र वाइडबडी विमान खरिद गर्दाको बखत लिएको ऋणको चैत महिनाको किस्ता तिरेको निगमले जनाएको छ । जसअनुसार दुई न्यारोबडी जहाजको चैतको पूरै र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ । 

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् चालु आर्थिक वर्षको चैत मसान्तसम्म सात अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी भइसकेको छ । 

सन् २०२० र २०२१ मा विश्वव्यापी कोरोना महामारीका कारण उडानमा प्रतिकूल असर परेकाले उक्त अवधिको ब्याज, हर्जाना, पेनल छुटका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल भइरहेको पनि निगमले जनाएको छ ।
 

टिप्पणीहरू