नयाँ वर्षमा महानायकको नयाँ घर

नयाँ वर्षमा महानायकको नयाँ घर

एकातिर नयाँ घर, अर्कोतिर चलचित्रको नयाँ भर्सन ! महानायक राजेश हमाललाई जुरेको संयोग हो, यो । 

हमाल नयाँ वर्षको अवसरमा नयाँ घरमा सरेका छन् । उनी बूढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीको एक रोपनी जग्गामा बनेको आलिशान बंगलामा आज सरेका हुन् । 

हमालले कपुरधारास्थित पुरानो घर भत्काएर नयाँ निर्माण थालेको बताइन्छ । यसबीचमा उनीहरु कोलोनी नजिकैको एक घर भाडामा लिएर बसेका थिए । अब भने उनीहरु नयाँ घरमा सरेका छन् । नयाँ घर निर्माणमा हमालले १५ करोड लगानी गरेको उनी निकटस्थहरु बताउँछन् । 

उता हमाल अभिनित सुपरहिट चलचित्र ‘ढुकढुकी’को नयाँ भर्सन बन्ने पक्का भएको छ । लेखक तथा निर्देशक ओम प्रतिकले नयाँ वर्षको अवसरमा निर्माणको घोषणा गरेका हुन् । दशकौंअघि उक्त चलचित्रबाटै हमाल र करिश्मा मानन्धरको जोडी लोकप्रिय बनेको थियो । सोही चलचित्रमा दर्शकले औधी रुचाएपछि हमाल र मानन्धरले सँगै काम गर्न थालेका थिए ।

अब बन्ने ‘ढुकढुकी’को नयाँ भर्सनमा भने हमालको निधो भइसकेको छैन । बरु उनको कमब्याक चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनको तयारीमा छ ।
 

टिप्पणीहरू