जारको पानीमा किरा, कम्पनीलाई जरिवाना

जारको पानीमा किरा, कम्पनीलाई जरिवाना

के.एम मिनरल वाटर एण्ड वेभरेज प्रालिद्वारा उत्पादित पानीमा किरा भेटिएपछि कारवाही गरिएको छ । 

पानीको जारमा किरा फेला परेपछि ललितपुर महानगरपालिकाले उक्त कम्पनीलाई जरिवाना तिराएको हो । कम्पनीलाई २५ हजार रुपैयाँ जरिवानासँगै सचेत पनि गराइएको महानगरले जानकारी दिएको छ ।

महानगरले पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारेको छ । कमशल, मिसावटयुक्त, म्याद गुज्रिएको सामान उत्पादन गर्ने र बेच्ने व्यवसायीलाई महानगरले जरिवाना तिराउँदै आएको छ ।

टिप्पणीहरू