भट्टको राजीनामा स्वीकृत नगरे निलमलाई हटाइने

भट्टको राजीनामा स्वीकृत नगरे निलमलाई हटाइने

राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण थप पेचिलो बनेको छ । वरीयताको तेस्रो नम्बरमा रहेका कार्यकारी निर्देशक गुणाकर भट्टले गभर्नरको उम्मेदवारमा सिफारिस हुनुअघि आज राजीनामा दिएका छन् । तर,गभर्नर बन्न उत्सुक  कायम मुकायम निलम ढुंगानाले भट्टको राजीनामा तत्काल स्वीकृत नगर्ने छाँट देखाएपछि उनलाई नै बर्खास्त गर्नुपर्ने आवाज काँग्रेसभित्र उठेको छ ।

बैंकको विशिष्ट श्रेणी तथा अधिकृतस्तरका कर्मचारीको राजीनामा वा अनिवार्य अवकाशको अन्तिम स्वीकृति गभर्नरले गर्नुपर्ने कर्मचारी सेवा विनियमावलीमा व्यवस्था छ । आज बिहान सवा १० बजे तिम्सिनाको कार्यकक्ष बालुवाटारमा राजीनामाको निवेदन बोकेर छिरेका भट्ट साढे १० बजे निस्केका थिए । उनले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा स्वीकृतिका लागि लिखित अनुरोध गरेको बताइन्छ ।

बैंकको मानव संशाधन विभागका अनुसार निलमको कोठाबाट निस्केपछि उनी उक्त विभागका कार्यकारी निर्देशक तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाका छोरीज्वाइँ रामशरण खरेलको कोठामा पुगेर निवेदन दर्ता गराए । उता, भट्टले आज राजीनामा बोकेर आफ्नो कार्यकक्षमा छिरेपछि मात्रै गभर्नर नियुक्तिमा नयाँ मोड आएको पत्तो पाएकी निलमले छाँगाबाट खसेको अनुभव गरेको सहजै अनुमान गर्न सकिन्छ । जनआस्थामा हिजो बिहान ‘म्याडम कामुमै,खतिवडाको ग्रीन सिग्नल र भट्टको पल्ला भारी’ शीर्षकअन्तर्गत प्रकाशित समाचारमा राजनीतिक नेतृत्वबीच भट्टलाई गभर्नर बनाउने सहमति भएको उल्लेख छ ।

‘यो राजीनामा मलाई दिने होइन । तपाईंको राजीनामा मैले लिने पनि होइन । कर्मचारीको राजीनामा एचआर डिपार्टमेन्टमा दर्ता गर्नुस् । नियमानुसार टिप्पणी उठाएर प्रक्रियागत ढंगले अघि बढाउलान् । कामु गभर्नरले राजीनामा बुझ्ने होइन ।’

आज बिहान निलम बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवन ‘ए’ मा पुग्ने बित्तिक्कै भट्ट उनलाई पछ्याउँदै पुगेका थिए । भट्टले नमस्कारको औपचारिकता पूरा गरेपछि निलमले पिएलाई दुई कप चिनी नहालेको कालोचिया भित्र पठाइदिन भनिन् । चिया पिउँदै भट्टले आफूले आजदेखि लागु हुनेगरी राजीनामा दिएको जानकारी गराउँदै निवेदन अगाडि सारे । 

‘यो राजीनामा मलाई दिने होइन । तपाईंको राजीनामा मैले लिने पनि होइन । कर्मचारीको राजीनामा एचआर डिपार्टमेन्टमा दर्ता गर्नुस् । नियमानुसार टिप्पणी उठाएर प्रक्रियागत ढंगले अघि बढाउलान् । कामु गभर्नरले राजीनामा बुझ्ने होइन ।’

भट्टको भनाइ उल्लेख गर्दै स्रोत भन्छ, ‘म्याडम,परिस्थितिले मलाई राजीनामा दिन बाध्य पार्यो । हुन तः हजुर पनि गभर्नरको लागि उम्मेदवार हुनुहुन्छ । मैले मौका मिल्यो भने यसो केही होला कि भनेर राजीनामा दिने निर्णय गरेँ ।’ उनको कुरो नसकिँदै म्याडम ‘टेम्पर’मा आएको स्रोतको दावी छ । 

डेपुटी तिमिल्सिनाले भट्टलाई जवाफमा भनिन्, ‘यो राजीनामा मलाई दिने होइन । तपाईंको राजीनामा मैले लिने पनि होइन । कर्मचारीको राजीनामा एचआर डिपार्टमेन्टमा दर्ता गर्नुस् । नियमानुसार टिप्पणी उठाएर प्रक्रियागत ढंगले अघि बढाउलान् । कामु गभर्नरले राजीनामा बुझ्ने होइन ।’ उनको कुरा प्रक्रियाका हकमा ठीकै पनि हो तर जवाफ रुखो भयो ।

म्याडमको अप्रत्याशित जवाफबाट झस्किएका भट्टले लगत्तै त्यहाँबाट निस्केर एकतला मुनिको मानव संशाधन विभागमा निवेदन दर्ता गरे । हिजो जनआस्थामा प्रकाशित खबर पुष्टि गर्दै भट्टले आज बिहान राजीनामा दिएपछि झस्किएकी म्याडम पनि पौने ११ बजे कसैलाई केही नभनी कार्यालयबाट बाहिरिएरको स्रोतको दाबी छ । त्यसपछि दिउँसो पौने २ बजे उपनिर्देशकमा बढुवा हुने कर्मचारीको अन्तरर्वाताको लागि उनी बैंक फर्केकी थिइन् । बढुवा कमिटीको बैठकमा भाग लिनेलाई भत्ताको व्यवस्था हुन्छ ।

आज शुक्रबार बैंक साढे १ बजे बन्द भयो । भोलि शनिबार सार्वजनिक बिदा भएकाले भट्टको राजीनामाबारे प्रारम्भिक अध्ययन र प्रक्रिया आइतबार बिहान १० बजेपछि मात्रै शुरु हुने झिनो सम्भावना छ । तर, निलमको निर्देशन नपाएसम्म खरेलले उक्त राजीनामाको प्रक्रिया अगाडि बढाउने अवस्था छैन ।

आजको घटनापछि सरकारले यथासक्य छिटो उनलाई गभर्नरमा नियुक्ति गर्नुपर्ने काँग्रेसको माग छ । तर, अर्थमन्त्रीको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिको बैठकसमेत यसबीचमा बसेको छैन । यसवीच समिति सदस्य विश्व पौडेल बिदेश गएको अवस्था छ । काँग्रेस नेताहरुले समितिका अर्का सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराई काठमाडौंमा रहेकाले सिफारिसका लागि अर्थ मन्त्रालयमा जुम बैठक गर्न सुझाएका छन् । 

‘यता रात रहे अग्राख पलाउने’ भन्दै म्याडमको गभर्नर बन्ने झिनो आशामा राजीनामा स्वीकृतिको प्रक्रिया लम्ब्याउन खोजिएको विश्लेषण बैंकका काँग्रेसी कर्मचारीहरुको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ केन्द्रीय समितिका एक जना पदाधिकारीले भने, ‘सरकारको चाहना र उद्देश्यविपरित हिँड्न खोज्ने कायम मुकायम गभर्नरलाई बर्खास्त गरेर अर्का डेपुटी बमबहादुर मिश्रलाई कामु दिन काँग्रेस नेतृत्वलाई भनिसक्यौं । मिश्रले भट्टको राजीनामा स्वीकृत गरेपछि सरकारले गभर्नर र बाँकी ११ महिनाका लागि निलमको स्थानमा अर्का कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई नियुक्त गर्नुपर्ने हुन्छ ।’ गभर्नर र डेपुटीको कार्यकाल रिक्त भएमा अर्को व्यक्ति बाँकी अवधिका लागि नियुक्त गरिने ऐनको व्यवस्था छ । वरिष्ठताको एक नम्बरमा रहेका काँग्रेस निकट ऋषिकेशको कार्यकाल ७ वर्षे पदावधीका कारण आगामी भदौमा सकिँदै छ ।

यता,गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दावीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । दिउँसो दर्ता भएको रिटलाई अदालतले पर्सि आइतबार पेशीमा चढाउने जानकारी दिएको छ । गभर्नरको नियुक्तिसम्बन्धी मापदण्ड संशोधनका सम्बन्धमा परेको यसअघिको रिटसँगै आइतबार नै पेशीमा चढाउने गरी पूरक निवेदन दर्ता स्वीकार गरेको अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले बताए ।

टिप्पणीहरू