विशेषको फैसला बदर गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले गरेका विभिन्न फैसलामध्ये पाँच वटामा चित्त नबुझेपछि अख्तियार सर्वोच्च गएको हो ।
आयोगका अनुसार सार्वजनिक तथा सरकारी सम्पत्ति हानि नोक्सानीका दुईटा, सरकारी रकम हिनामिना, फर्जी बिलको आधारमा रकम भुक्तानी र लघुवित्तको रकम अपचलनसम्बन्धी मुद्दाउपर सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
प्रमाण हुँदाहुँदै प्रतिवादीहरुलाई सफाई दिएको जिकिर गर्दै पुनरावेदनमा विशेषको फैसला बदर गर्न माग गरिएको छ ।
टिप्पणीहरू