ट्रम्पविरुद्ध उर्लिए अमेरिकी जनता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फेरि देशव्यापी प्रदर्शन भएका छन् । ट्रम्पका विवादास्पद नीति र निर्णयविरुद्ध अमेरिकीहरु पुनः दुई सातामै विरोधमा उत्रिएका हुन् ।
राजधानी वासिङ्ग्टनदेखि पश्चिमको क्यालिफोर्नियासम्मका विभिन्न शहरमा भएको प्रदर्शनमा सरकारले लिएका पछिल्ला सामुहिक निर्वासन योजना, सरकारी जागीर कटौती,कर शुल्क, प्यालेष्टाइनको गाजा तथा युक्रेनसम्बन्धी नीतिको विरोध गरिएको छ । अमेरिकाका ५० वटै राज्यमा करिब सात सय स्थानमा विरोध प्रदर्शन भएको छ ।
‘५०५०१’ नाम दिइएको प्रदर्शनको अर्थ ‘५० पटक विरोध प्रदर्शन,५० वटै राज्यमा एकै किसिमको आन्दोलन’ भन्ने हो । प्रदर्शनकारीहरुले ट्रम्प राष्ट्रपतिको सट्टा राजा बन्न खोजेको आरोप लगाएका छन् ।
तस्बिरहरुः
टिप्पणीहरू