फोहोरमैलाको शुल्क लिनु तर जथाभावी नउठाउनू

फोहोरमैलाको शुल्क लिनु तर जथाभावी नउठाउनू

पोखरा महानगरपालिकाले फोहोरमैलाको शुल्क जथाभावी नउठाउन चेतावनीपूर्ण सूूचना जारी गरेको छ । फोहोर व्यवस्थापन शुल्क तोकिएभन्दा बढी असुलेको व्यापक जनगुनासोपछि महानगरको पछिल्लो निर्णय बाहिरिएको छ ।

महानगरले जिम्मेवारीप्राप्त व्यवसायीसँग भएको सम्झौता र महानगरको आर्थिक ऐनमा तोकिएको शुल्कबमोजिम प्रति ट्याङ्कर छ हजार २१५ रुपैयाँ मात्र बुझाउन नगरबासीलाई अनुरोध गरेको छ । 

‘यस महानगर क्षेत्रभित्र उत्सर्जन हुने मलमूत्रजन्य फोहोरमैला व्यवस्थापन तथा बिसर्जन सम्बन्धमा महानगरको आर्थिक ऐनमा तोकिएको शुल्कभन्दा बढी असुल गर्ने गरेको भन्ने जनगुनासोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘जिम्मेवारी प्राप्त व्यवसायीसँग भएको सम्झौता र महानगरको आर्थिक ऐनमा तोकिएको शुल्क रु.५,५०० को मूल्य अभिवृद्धि करसहित प्रति ट्याङ्कर रु.६,२१५ (अक्षरुपी छ हजार दुई सय पन्ध्र रुपैयाँ) मात्र बुझाउनुहुन नगरबासीहरूमा सूचित गरिन्छ ।’

सम्झौताविपरीत अतिरिक्त शुल्क असुल्ने र मलमूत्रजन्य फोहोर संकलन तथा व्यवस्थापनमा अवरोध पुग्ने कुनै गतिविधि गरिएमा नियमानुसार कारबाही गर्ने महानगरको चेतावनी छ । साथै, यस सम्बन्धमा कुनै गुनासो भएमा महानगरमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
 

टिप्पणीहरू